Rule 54
जिल्ला अनौपचारिक शिक्षा समिति
(१) जिल्लास्तरमा अनौपचारिक शिक्षाको रेखदेख, व्यवस्थापन, समन्वय र निरीक्षण गर्नको लागि देहायका सदस्यहरु रहेको एक जिल्ला अनौपचारिक शिक्षा समिति रहनेछः–
(क) जिल्ला विकास समितिको सभापति – अध्यक्ष
(ख) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत –सदस्य
(ख१) जिल्ला शिक्षा अधिकारी – सदस्य
(ग) सचिव, जिल्ला विकास समिति – सदस्य
(घ) …………
(ङ) महिला विकास शाखाको प्रमुख – सदस्य
(च) गाउँ विकास समिति वा नगरपालिकाको अध्यक्ष वा प्रमुखहरु मध्येबाट जिल्ला अनौपचारिक शिक्षा समितिले मनोनीत गरेको एकजना – सदस्य
(छ) अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्थाहरु मध्येबाट जिल्ला शिक्षा समितिले मनोनीत गरेको एकजना – सदस्य
(ज) …………..
(झ) दलित तथा अपांगहरूमध्येबाट कम्तीमा एक जना महिला सहित जिल्ला अनौपचारिक शिक्षा समितिले मनोनीत गरेको दुईजना –सदस्य
(ञ) अध्यक्ष, शिक्षक युनियन, जिल्ला कार्य समिति – सदस्य
(ट) जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा कार्यक्रम हेर्ने अधिकृत –सदस्य– सचिव
(२) उपनियम (१) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(३) जिल्ला अनौपचारिक शिक्षा समितिले आवश्यकतानुसार गाउँ तथा वडा स्तरमा समेत अनौपचारिक शिक्षा समिति गठन गर्न सक्नेछ ।
(४) जिल्ला अनौपचारिक शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार अनौपचारिक शिक्षा परिषद्ले तोके बमोजिम हुनेछ ।
(५) जिल्ला अनौपचारिक शिक्षा समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।